ad ad

राजनीति


मधेश प्रदेशमा जनमत दलको नेता डा. राउतले छान्ने

मधेश प्रदेशमा जनमत दलको नेता डा. राउतले छान्ने

फाइल तस्बिर


रासस
पुस ५, २०७९ मंगलबार १८:५, जनकपुरधाम

जनमत पार्टीले मधेश प्रदेशको संसदीय दलको नेता चयन गर्ने जिम्मा पार्टी अध्यक्ष डा. सीके राउतलाई दिएको छ। 

पार्टीको जनकपुरधाममा मंगलबार बसेको संसदीय दलको बैठकमा सहमति नजुटेपछि दलको नेता छान्ने जिम्मा अध्यक्ष डा. राउतलाई दिने निर्णय भएको पार्टीका नेता तथा प्रदेशसभा सदस्य महेशकुमार यादवले बताए। 
    
संसदीय दलको नेताका आकांक्षी धेरै भएकाले सहमति हुन नसकेपछि चयन गर्ने अधिकार पार्टी अध्यक्षलाई दिने निर्णय भएको प्रदेशसभा सदस्य यादवले बताए। 

जनमत पार्टीमा संसदीय दलको नेता बन्न सञ्जय यादव, चन्दन सिंह, वसन्त कुशवाहा, सतिश सिंह, महेशकुमार यादवलगायत नेता आकांक्षी छन्। प्रदेशसभामा यस पार्टी १३ सिटसहित चौथो ठूलो दल बनेको छ।

मधेश प्रदेशसभामा दश राजनीतिक दलको प्रतिनिधित्व भएको छ। तर सरकार बनाउन कुनै दलको एकल बहुमत नहुँदा संयुक्त सरकार बन्ने आवस्था छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .