नेपाली काग्रेसको संसदीय दलका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापा भिड्ने पक्का भएको छ।
कांग्रेसको निर्वाचन समितिले मंगलबार साँझ सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावलीमा दुवै नेता यथावत रहेका छन्।
निर्वाचन समितिले अब दलको नेता छान्न बुधबार बिहान सिंहदरबारमा निर्वाचन गर्नेछ। कांग्रेसमा दलको नेता छान्न मंसिर ४ मा निर्वाचित भएका प्रत्यक्ष र समानुपातिकसहित ८९ सांसदले मतदान गर्नेछन्।
निर्वाचन समिति संयोजक एवम् सहमहामन्त्री भीष्मराज आङ्दम्बेले दाबीबिरोधपछि साँझ पौने ६ बजे अन्तिम नामावली प्रकाशित गरिएको बताएका छन्।
‘दुई जनाको उम्मेदवारी परेको छ, पार्टी सभापति शेरबहादुर देउवा र पार्टी महामन्त्री गगनकुमार थापा हुनुहुन्छ। अन्तिम नामावलीमा उहाँहरु दुवैको मनोनयन कायम भएको छ। अब बुधबार बिहान ८ देखि १० बजेसम्म मतदान हुन्छ।’
Shares
प्रतिक्रिया