राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक बस्दै छ। संसदीय दलको नेता छान्नका लागि रास्वपा बैठक केहीबेरमा बस्ने भएको हो।
बुढानिलकण्ठस्थित एक होटलमा बैठक बस्न लागेको रास्वपाका एक नेताले जानकारी दिए। यद्यपि कुन होटलमा बैठक बस्न लागेको भन्नेबारे ती नेताले जानकारी दिन चाहेनन्।
स्रोतका अनुसार बूढानिलकण्ठस्थित एक होटलमा बैठक बस्न लागेको हो।
सरकार गठन आह्वान भएसँगै राजनीतिक दलहरु संसदीय दलको नेता चुन्ने कसरतमा छन्। संघीय संसदको चौथो शक्ति रहेको रास्वपा पनि सरकारमा सहभागी हुनेबारे आन्तरिक गृहकार्यमा छ।
‘बैठक बस्दै छ,’ ती नेताले नेपालखबरसँग भने, ‘संसदीय दलको नेता चुन्नका लागि बैठक बस्न लागेको हो,’
संसदीय दलको बैठकपछि दुई दिने अभिमुखीकरण तालिम सञ्चालन समेत गर्ने रास्वपाको तयारी छ।
159
Shares

प्रतिक्रिया