समाज


स्वीकृति लिएर मात्र बिदा बस्न देशभरका कर्मचारीलाई मन्त्रालयको निर्देशन (परिपत्रसहित)

स्वीकृति लिएर मात्र बिदा बस्न देशभरका कर्मचारीलाई मन्त्रालयको निर्देशन (परिपत्रसहित)

फाइल तस्बिर।


नेपालखबर
पुस ४, २०७९ सोमबार ९:६, काठमाडौँ

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीलाई मन्त्रालयबाट स्वीकृत गराएर मात्र बिदा बस्न निर्देशन दिएको छ। 

स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र जिल्ला समन्वय समितिका जिल्ला समन्वय अधिकारीलाई मन्त्रालयले परिपत्र गर्दै पूर्व स्वीकृति लिएर मात्र बिदामा बस्न भनेको हो। 

७५३ वटै स्थानीय तह ७७ वटै जिल्ला समन्वय समितिलाई मन्त्रालयले परिपत्र गर्दै बिना सूचना बिदा नबस्न निर्देशन दिएको हो। 

मन्त्रालयका उपसचिव रबिन्द्रजंग थापाले जारी गरेको पत्रमा भनिएको छ, ‘पूर्वस्कृति र जानकारीबिना जिल्ला तथा कार्यक्षेत्र छाडेर सेवा प्रवाहमा असर परेको गुनासो आएकोले अबदेखि यस मन्त्रालयको पूर्वस्वीकृति बेगर जिल्ला र कार्यक्षेत्र नछाड्न अनुरोध छ,’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad