राजनीति


नेपाली बोल्ने श्रृगंला भारतको विदेश सचिव

नेपाली बोल्ने श्रृगंला भारतको विदेश सचिव

नेपालखबर
पुस ७, २०७६ सोमबार १६:११,

 अमेरिकाका लागि भारतीय राजदूत हर्षवर्द्धन श्रृगंला नयाँ विदेश सचिवमा नियुक्त भएका छन्। जनवरीको अन्त्यमा वर्तमान विदेश सचिव विजयकेशर गोख्लेको कार्यकाल समाप्त भएपछि राजदूत श्रृगंलाले जिम्मेवारी सम्हाल्ने छन्।

भारत सरकारले सोमबार साँझ उनलाई विदेश सचिवमा नियुक्त गरेको हो। भारतीय विदेश मन्त्रालयको नेपाल र भुटान हर्ने नर्थ डिभिजनको निर्देशकको समेत जिम्मेवारी सम्हालेका श्रृंगला नेपाली भाषा बोल्न सक्छन्। अंग्रेजी र हिन्दीको अतिरिक्ति उनले फ्रान्सेली र भियतनामी भाषा पनि बोल्ने बताइएको छ।

अमेरिकाअघि उनी थाइल्यान्ड र बंगलादेशका लागि भारतीय राजदूतको जिम्मेवारी सम्हालिसकेका थिए। उनी छिमेकी देश सम्बन्धको विज्ञको भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

सन् १९८४ मा भारतीय परराष्ट्र सेवामा प्रवेश गरेका सिङ्ग्रला मुम्बइमा जन्मिएका हुन्। उनी गत वर्षको जनवरीमा अमेरिकाका लागि भारतीय राजदूतमा नियुक्त भएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad