छापा खबर


एक महिनापछि भारतले पठायो पत्र, कालापानीको विषयमा गरियो यस्तो दाबी

एक महिनापछि भारतले पठायो पत्र, कालापानीको विषयमा गरियो यस्तो दाबी

नेपालखबर
पुस ८, २०७६ मंगलबार ०:०,

भारतले कालापानी क्षेत्रको सीमामा समस्या रहेको स्विकार्दै त्यसलाई समाधान गर्न तयार रहेको पत्र नेपाल सरकारलाई पठाएको छ।

भारतले आफ्नो भूभाग दाबी गर्दै नयाँ नक्सा जारी गरेपछि नेपाल सरकारले कुटनीतिक नोट पठाउनुका साथै वार्ताको प्रस्ताव समेत गरेको थियो।

नेपालको पत्रलाई एक महिनापछि भारतले ‘रेस्पोन्स’ गरेको खबर आजको कान्तिपुर दैनिकमा दुर्गा खनाल र बिनु सुवेदीले लेखेका छन्।

पत्रको पहिलो बुँदामा कालापानी क्षेत्रको भूमि आफ्नै रहेको दाबी भारतले गरेको छ।

‘सीमाको ९८ प्रतिशत समस्या समाधान भएको छ, कालापानी र सुस्ता क्षेत्रको समस्या सल्टाउन तयार छौँ,’ पत्रमा भनिएको छ।

सीमा समस्या समाधानको लागि भारतले वार्ता गर्न सचिव स्तरीय सयन्त्र रोजेको छ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतबाट पत्र आएको पुष्टि गरे पनि पत्रको विवरणबारे उल्लेख गरेनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad