टीकापुर हत्याकाण्डमा दोषी रेशम चौधरीलाई रिहा गर्न गठबन्धन सरकारले ल्याएको विवादित अध्यादेशविरुद्ध माइतीघरमा प्रदर्शन भएको छ।
अध्यादेशको विरोधमा विभिन्न मानवाधिकारवादी संघ संस्थाले माइतीघर मण्डलमा विरोध प्रदर्शन गरेका हुन्।
सरकाले मुलुकी फौजदारी संहिता संशोधन गर्दै गम्भीर अपराधका घटनामा संलग्न भए पनि दलका कार्यकर्तालाई रिहा गर्ने गरी अध्यादेश ल्याएको छ।
उक्त अध्यादेशअनुसार हाल सबै तहका अदालतमा विचाराधी मुद्दामा जेलमा रहेका दलका कार्यकर्ताले रिहा हुने मौका पाउनेछन्।
33
Shares
प्रतिक्रिया