राजनीति


गठबन्धन सरकारमा सहभागी हुने लोसपाको निर्णय

गठबन्धन सरकारमा सहभागी हुने लोसपाको निर्णय

फाइल तस्बिर


नेपालखबर
मंसिर २७, २०७९ मंगलबार १३:२२, काठमाडौँ

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले पाँचदलीय सत्ता गठबन्धन नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ।

सोमबार काठमाडौंमा बसेको लोसपाका पदाधिकारहरुको बैठकले यस्तो निर्णय गरेको नेता केशव झाले नेपालखबरलाई बताए। 

'लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पहिले नै गठबन्धनमा संलग्नछ', उनले भने, 'सरकारमा जाने ठोस निर्णय गर्नै पर्दैन। तर नयाँ जनादेशपछि बसेको पदाधिकारीहरुको बैठकले सरकारमा जानेबारे निर्णय लिएको हो।'

यसअघि मंसिर ४ को चुनावमा जनता समाजवादी पार्टी सत्ता गठबन्धनबाट बाहिरिएपछि लोसपा मिसिएको थियो। मधेशका केही स्थामा चुनावी तालमेल भएकाले पनि पनि गठबन्धनको नयाँ सरकारलाई साथ दिएर जाने निर्णय भएको झाले बताए। 

झाले गठबन्धनको एक सदस्य घटक भएकाले सरकारलाई समर्थनसँगै सहभागी हुने पनि जानकारी दिए। झाले यसलाई कार्यकारिणी समितिको बैठकबाट आधिकारिकता दिने बताए। 

लोसपाले अझेसम्म चुनावी समीक्षा गरिसकेको छैन। कार्यकारिणी समितिको बैठकले चुनावी समीक्षा पनि गर्ने भएको छ। निर्वाचन आयोगले चुनाव सबै परिणाम सार्वजनिक गरेपछि लोसपाको बैठक बस्ने छ। 

मंसिर ४ को निर्वाचनमा प्रतिनिधि सभातर्फ ४ सिट जितेको लोसपा यस पटक राष्ट्रिय दल हुन भने असफल भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .