राजनीति


आईजीपीमा धिरजकै निरन्तरताको तयारी, अध्यादेश मार्फत ३० वर्षे हटाउने

आईजीपीमा धिरजकै निरन्तरताको तयारी, अध्यादेश मार्फत ३० वर्षे हटाउने

नेपालखबर
मंसिर २६, २०७९ सोमबार १६:५६, काठमाडौँ

सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) मा धिरजप्रताप सिंहलाई नै निरन्तरता दिने तयारी गरेको छ। ३० वर्षे सेवा हदका कारण आगामी चैतमा अवकास हुने भएपछि उनलाई निरन्तरता दिन अध्यादेश ल्याउने तयारी गरेको हो। 

गृह मन्त्रालय स्रोतका अनुसार अध्यादेश ल्याएर ३० वर्षे हटाउने विषयमा सहमती भइसकेको छ। यससम्बन्धी फाइल अर्थमन्त्रालयमा पुगेको छ। 

सिंह गएको वैशाखमा मात्रै आईजीपी भएका हुन्। ३० वर्षे हटे ४ वर्षे कार्यकाल आईजीपी हुनेछन्। ३० वर्षे हटे कार्य अवधि र उमेर हदका कारण मात्रै अवकास हुनेछन्। आईजीपी ५८ वर्ष पुगेपछि वा ४ वर्षे कार्यकाल सकिएपछि मात्रै अवकास हुनेछन्। 

३० वर्षे कायम हुँदा उच्च प्रहरी अधिकारीहरु छिट्टै घर फर्किनु परेको थियो। यसले राज्यलाई आर्थिक भार थपिएको भन्दै हटाउन सरकार तयार भएको हो। यसअघिका प्रहरी महानिरीक्षकले पनि ३० वर्षे हटाउन प्रयास गरेका थिए। 

सरकारले कार्यदल बनाएर समेत यस विषयमा अध्ययन गरेको थियो। कार्यदलले पनि ३० वर्षे हटाउन उचित हुने राय दिएको थियो। अध्यादेशमार्फत प्रहरी नियमावली स‌ंशोधन गर्न लागिएको हो।

अहिले प्रहरीमा दरबन्दी थपको समेत तयारी भइरहेको छ। यो फाइल पनि अर्थमन्त्रालयमा छ। प्रहरीमा अधिकृतसहितका दरबन्दी थप गर्न प्रहरी प्रधान कार्यालयले प्रस्ताव गरेको छ। 

उक्त प्रस्ताव स्वीकृत भएर आएपछि मात्रै अन्य रिक्त दरबन्दीमा बढुवा गर्ने गृह र प्रहरी प्रधान कार्यालयको तयारी छ। जसका कारण प्रहरी अतिरिक्त महानिरीक्षकको बढुवा पनि रोकिएको छ। आईजीपी हुने लाइनमा रहेका केही प्रहरी उच्च अधिकारी भने ३० वर्षे हटाउन नहुने पक्षमा लविइङ गरिरहेका छन्। 

अर्थ मन्त्रालयबाट पास भएर आएपछि फाइल कानुन मन्त्रालयमा पठाइन्छ। कानुन मन्त्रालयको रायपछि परामर्शका लागि लोग सेवा आयोगमा पठाइनेछ। आयोगबाट पनि सहमती आएपछि मन्त्रिपरिषद्ले पारित गर्न सक्छ। 

यी सबै प्रक्रिया पूरा भएपछि राष्ट्रपति मार्फत अध्यादेश ल्याएर सरकारले कार्यनवयन गर्ने तयारी गरेको प्रहरी उच्च स्रोतले जानकारी दियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad