ad ad

राजनीति


रेशम चौधरी रिहा प्रक्रियाबारे गोकुल बास्कोटा : अग्रगामी कदमका लागि देउवालाई बधाई

रेशम चौधरी रिहा प्रक्रियाबारे गोकुल बास्कोटा : अग्रगामी कदमका लागि देउवालाई बधाई

फाइल तस्बिर


नेपालखबर
मंसिर २६, २०७९ सोमबार १३:१६, काठमाडौँ

टीकापुर हत्याकाण्डमा दोषी ठहर भएर हाल डिल्ली बजार जेलमा रहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई रिहा गर्न गठबन्धन सरकारले फौजदारी संहिता कार्यविधि नै संशोधन गर्न लागेपछि चर्को आलोचना भइरहेको छ।

एक बालकसहित सातजनाको ज्यान गएको गम्भीर फौजदारी मुद्दाका दोषीलाई सत्तामा बहुतम पुर्‍याउने गरी छुटाउन खोजिएपछि आलोचना भएको हो।

आइबार बसेको मन्त्रिपरिषद् बैठकले भविष्यमा नजिर कायम नहुने गरी मुलुकी फौजदारी संहिता कार्यविधि संशोधनको निर्णय लिएको थियो।

त्यसो हुँदा रेशम चौधरी, डा. सीके राउत र नेत्रविक्रम चन्द नेतृत्वको पार्टीका कार्यकर्ता रिहा गर्न सहज हुने सरकारको निष्कर्ष छ।

तर यसलाई लिएर सरकार अहिले आफ्नै र प्रतिपक्षीबाट पनि घेरिएको छ। रेशमलाई छाड्ने प्रक्रिया अघि बढाउने कदमको नेकपा एमालेका नेता गोकुल बास्कोटाले पनि तिखो आलोचना गरेका छन्। 

उनले यसलाई अग्रगामी कमद भन्दै शेरबहादुर देउवा नेतृत्वको गठबन्धनलाई पनि बधाई दिएका छन्। 

'अग्रगामी कदम चालेकोमा देउवा गठबन्धनलाई मुरीकामुरी बधाई', उनले भनेका छन्, 'ग्लोरीफाई  टोली छॅंदैछ, कराउनेले के गर्न सक्छन र?' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .