साउदी पत्रकार जमल खसोग्जीको हत्यामा संलग्न रहेको आरोपमा साउदी अरबको एक अदालतले पाँच जनालाई मृत्युदण्डको सजाय सुनाएको छ। अन्य तीनजनालाई २४ वर्षे जेलसजाय सुनाइएको छ।
गत वर्ष २ अक्टाेबरमा खसोग्जीको टर्कीस्थित साउदी अरबको महावाणिज्यदूत कार्यालयमा हत्या भएको थियो। खसोग्जी साउदी सरकारका आलोचक थिए। साउदी अरबका अभियोजनकर्ता ‘रग अपरेसन’मा खगोस्जी मारिएको र त्यसमा सहभागी रहेका ११ जनमाथि मुद्दा चलाइएको बताएका छन्। राष्ट्र संघका विज्ञहरुले खगोस्जीलाई गैरकानुनी हत्या गरिएको बताएका थिए।
उनको हत्यापछि साउदी सरकारको विश्वव्यापीरुपमा आलोचना भएको थियो।
युएनका स्पेशल र्यापोटर एग्नेस कलामर्ड लगायत अन्य अन्तर्राष्ट्रिय अभियन्ताहरुले सो हत्या प्रकरणमा साउदी राजकुमार मोहम्मद विन सलमानमाथि पनि छानविन हुनुपर्ने माग गर्दै आएका छन्। राजकुमार सलमानले आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै आएका छन्।

प्रतिक्रिया