राजनीति


सांसदको प्रश्नः नाकाबन्दीमा आगो ओकल्ने प्रधानमन्त्री सीमा मिचिँदा किन मौन?

सांसदको प्रश्नः नाकाबन्दीमा आगो ओकल्ने प्रधानमन्त्री सीमा मिचिँदा किन मौन?

नेपालखबर
पुस ७, २०७६ सोमबार ९:१८,

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भारतले नेपाली सीमा मिचेको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पहल नगरेको भन्दै असन्तुष्टि जनाएको छ।

राष्ट्रियसभाको सोमबारको बैठकमा बोल्दै कांग्रेसका राष्ट्रियसभा सदस्य बद्रीप्रसाद पाण्डेले कालापानी, लिम्पयाधुरा र लिपुलेक भारत मिचेको विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग विशेष वार्ता गर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरे।

उनले नाकाबन्दीका विषयमा प्रधानमन्त्री ओलीले लिएको अडान र भनाइको प्रशंसा गरे। नाकाबन्दीभन्दा सीमा मिचिनु थप संवेदनशील विषय भएको हुँदा यो विषयमा अझै बढी बोल्नुपर्नेमा प्रधानमन्त्री मौन बसेको आरोप लगाए।

‘यो नाकाबन्दीभन्दा पनि यो संवेदनशील विषय हो, माटो मिचिएको छ, देशको सीमा मिचिएको छ’, उनले प्रश्न गरे, ‘नाकाबन्दीको बेला आगो ओकल्न तयार हुने प्रधानमन्त्री ओलीले अहिले मौनता साँधिरहेनु भएको छ, जबकि त्यो भन्दा भन्दा बढी संवेदनशील अहिले हुनुपथ्र्यो।’

राष्ट्रिय सभा सदस्य पाण्डेले राजनीतिक तहमा वार्ता गर्न कोसिस र चेष्टा नै नगरेको भन्दै प्रधानमन्त्रीको भूमिकाको विरोध गर्दै यस विषयमा सदनमा आएर प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरे।

‘प्रधानमन्त्री के गरिरहनुभएको छ, परराष्ट्र मन्त्रालयले के गरिरहेको छ?’, उनले भने, ‘यो समस्याको समाधानका लागि अन्य सरकारी निकाय के गर्दैछन्? यो समस्या कसरी समाधान हुन्छ भन्ने विषयमा सोच्न जरुरी छ।’

उनले नाकाबन्दी र सीमा मिचिँदा दुबैपटक कांग्रेसले सरकारलाई साथ दिएर थप बल प्रदान गरेको समेत स्पष्ट पारे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad