राजनीति


बालुवाटारमा कांग्रेस पदाधिकारी बैठक, समानुपातिकको बन्दसूचीमा नाम भएकाहरू बस्न नपाउने

बालुवाटारमा कांग्रेस पदाधिकारी बैठक, समानुपातिकको बन्दसूचीमा नाम भएकाहरू बस्न नपाउने

फाइल।


नेपालखबर
मंसिर २४, २०७९ शनिबार १४:७, काठमाडौँ

नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो। 

समानुपातिक तर्फका सांसदको नाम चयन गर्न पदाधिकारी बैठक बस्न लागेको हो।

केही प्रदेश र समानुपातिकतर्फ पर्ने पुरुषहरुको संख्या मिलाउन पर्ने भएकाले नेताहरु पुनः छलफलमा जुटेका हुन्। यसअघि पार्टी केन्द्रीय कार्यालयमा आजै मात्र केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको थियो। 

बालुवाटार बैठकमा बन्दसूचीमा नाम समावेश पदाधिकारीहरुलाई सहभागी नगराइने भएको छ। सहमहामन्त्रीहरु जीवन परियार र फरमुल्लाह मन्सुर पनि बैठकमा बस्न नपाउने भएका छन्। 

त्यस्तै, पार्टी प्रवक्ता प्रकाशशरण महत पनि बैठकमा सहभागी हुने छैनन्।

बैठकले समानुपातिकतर्फको अन्तिम सूची बनाउने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको छ। प्रदेश १, मधेश, बागमती र लुम्बिनी प्रदेशका सांसदहरुको सूची मिल्न बाँकी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad