ad ad

राजनीति


जनताको अन्तिम आशा हामी हौँ, गर या मरको तरिकाले काम गर्छौं : सीके राउत

जनताको अन्तिम आशा हामी हौँ, गर या मरको तरिकाले काम गर्छौं : सीके राउत

नेपालखबर
मंसिर १७, २०७९ शनिबार १७:७, काठमाडौँ

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आफूहरुलाई जनताले अन्तिम आशा भन्ने गरेको बताएका छन्। शनिबार उनको पार्टीले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै राउतले त्यही भएर आफूहरुले गर या मरको मनस्थितिले काम गर्नुपर्ने आवश्यकता रहेको बताए।

आफ्नो पार्टी समानता, भाइचारा र मुलुकको समृद्धिका लागि काम गर्न आफ्नो प्रतिबद्ध भएर लागिपर्ने उनको भनाइ थियो।

‘हामीले जुन एजेन्डा लिएर अगाडि बढेका छौँ, जुन सपना देखेका छौँ, जनताले जुन अपेक्षा हामीसँग राखेका छन, त्यो अपेक्षा कति ठूलो छ भन्ने तपाईँहरुलाई पनि अनुमान छ। कतिपयले त अन्तिम आशा समेत भन्नु हुन्छ। मलाई त्यो शब्द प्रयोग गर्दा एकदम डर लाग्छ। अन्तिम आशा किन खतरनाक लाग्छ भन्दाखेरी हामीले यदि काम गर्न सकेनौ भने के हुन्छ? अन्तिम आशा तोडियो भने के हुन्छ त?’ राउतले भने, ‘देश निराशामा जान्छ। जनता निराशामा जान्छन्। त्यो भएर यदि जनताले हामीलाई अन्तिम आशाको रुपमा देखेका छन् भने हाम्रो पनि जिम्मेवारी त्यही स्तरको हुनु पर्दछ। हाम्रो पनि मनस्थिति डू एन्ड डाइको स्थितिबाट काम गर्ने हुनुपर्दछ।’

अध्यक्ष राउतले जनताले दिएको सल्लाह र सुझावकै आधारमा आफ्नो पार्टी अघि बढ्ने  पटकपटक दोहोर्याए। निर्वाचनमा ठूलो आशा र भरोसाका साथ आफ्नो पार्टीलाई मतदान गरेकोमा पनि उनले मतदातालाई धन्यवाद दिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .