राजनीति


झलनाथ खनाललाई जथाभावी नबोल्न एमालेको चेतावनी

जनमत स्वीकार्न आग्रह
झलनाथ खनाललाई जथाभावी नबोल्न एमालेको चेतावनी

फाइल तस्बिर


नेपालखबर
मंसिर १५ , काठमाडौँ

नेकपा एमाललेले नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनाललाई जथाभावी नबोल्न चेतावनी दिएको छ।

इलाम क्षेत्र नं. १ को निर्वाचन प्रक्रियामा प्रश्न उठाउँदै खनालले कर्मचारीसँग मिलेर एमालेले धाँधली गरेर आफूलाई हराएको आरोप लगाएपछि यस्तो प्रतिक्रिया आएको हो। 

एमालेले मंसिर ४ को निर्वाचनमा पराजित भएपछि खनालले हतास मानसिकता बोकेर जथाभावी अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएकोछ। 

एमालेले लोकतान्त्रिक अभ्यास तथा जनताको अभिमतलाई सम्मान गर्न पनि खनाललाई स्मरण गराएको छ।

यही मङ्सिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका क्रममा इलाम क्षेत्र नं. १ को मतदान प्रक्रियादेखि नै सत्ता गठबन्धनका उम्मेदवार खनालले लगाएको आरोपप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। 

‘निर्वाचनमा भाग लिएर मतगणना सुरु भएर प्रारम्भिक नतिजा आउँदासम्म सबै प्रक्रिया सङ्गत, विधिसम्मत निष्पक्ष, धाँधलीरहित देख्ने र आफू पराजित हुने निश्चित भएपछि अनेक प्रकारका आरोप लगाउनु आफैँमा अलोकतान्त्रिक प्रवृत्ति हो', एमालेले भनेको छ, 'अझ देशको प्रधानमन्त्री भइसकेको व्यक्तिले यस प्रकारको हर्कत देखाउनु लोकतन्त्रको मेरुदण्डमाथिकै हमला हो।'

निर्वाचनको प्रचारप्रसारको क्रममा राज्यसत्ताको दुरुपयोग गर्दै एमाले उम्मेदवार एवम् पार्टीका अन्य नेता कार्यकर्ताको मोबाइल ट्राकिङ्ग गरेको समेत आरोप इलाम एमालेले लगाएको छ।

‘नेकपा (एमाले) को राम्रो जनाधार भएको माईजोगमाई गाउँपालिका वडा नं. ५, सोयाङ सिरिसेमा मतदानको दिन मतदातालाई त्रसित बनाउन बम पड्काउनु, माई नगरपालिकाबाट मतपेटिका गणनास्थलसम्म ल्याउने गाडीलाई लक्षित गरी बम पड्काउनु, गोर्खेमा मतपेटिका साट्ने दुष्प्रयास गर्नुजस्ता आपराधिक क्रियाकलापले जनताको जनमतको आधारमा होइन जालझेल र षड्यन्त्र गरेर जसरी पनि चुनाव जित्ने गठबन्धनका उम्मेदवार खनालको अभीष्ट थियो जुन पूरा हुन सकेन,’ एमालेले भनेको छ। 

मंसिर १५, २०७९, बिहीबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors.