कारोबार


नेपालमा स्टार्टअप्स फाउण्डर्स हब सुरु गर्दै माइक्रोसफ्ट

शुक्रबार कुमारी हलमा विशेष कार्यक्रम
नेपालमा स्टार्टअप्स फाउण्डर्स हब सुरु गर्दै माइक्रोसफ्ट

नेपालखबर
मंसिर १५ , काठमाडौँ

माइक्रोसफ्टले नेपाली स्टार्टअपहरुको लागि माइक्रोफ्ट फाउण्डर्स हबको सुरुवात गर्दै छ। 

यही शुक्रबार इस्लिङ्टन कलेजको कुमारी हलमा एक विशेष कार्यक्रमको आयोजना गर्दै नेपालको लागि फाउण्डर्स हब सार्वजनिक गरिँदै छ। 

नेपालमा सबैभन्दा ठूलो र प्रतिष्ठित आईसीटी अवार्ड कार्यक्रमसँगको सहकार्यमा फाउण्डर्स हबको सुरुवात गर्न लागिएको हो। उक्त कार्यक्रममा माइक्रोसफ्टको तर्फबाट विभिन्न सेसनहरु सञ्चालन हुनेछन् भने इन्फोडेभलपर्स आईसीटी अवार्ड २०२२ का उत्कृष्ट ५ प्रतिस्पर्धीले स्टोरी सेयरिङ गर्ने अवसर प्राप्त गर्नेछन्। 

माइक्रोसफ्टको फाउण्डर्स हब स्टार्टअपहरुको लागि एउटा नयाँ प्लाटफर्म हो, जसले कम्पनी विकास गर्दा आइपर्ने समस्याहरु समाधान गर्दै विभिन्न किसिमले सहयोग पुर्याउनेछ। 

यस प्लाटफर्मले स्टार्टअपहरुको लागि आवश्यक प्रविधि र स्रोतहरुमा निशुल्क पहुच प्रदान गर्दछ। यसले स्टार्टअपहरुले आफ्नो यात्रामा कहाँ र कस्तो अवस्थामा छन, त्यसको पहिचान गरी आवश्यक सहयोग र मार्गदर्शन गर्नेछ। 

प्रारम्भिक स्टार्टअपहरुको लागि विशेष रुपमा डिजाइन गरिएको यस प्लाटफर्मले नयाँ आइडिया र विचारहरुलाई डिजिटल इकोसिस्टममा समेट्ने प्रयास गर्दछ। 

माइक्रोसफ्टको स्र्टाअप्स फाउण्डर्स हब धेरै देशमा सफलतापुर्वक चलिरहेको कार्यक्रम हो। नेपालमा पनि स्टार्टअपको इकोसिस्टमको विकासमा सहयोग पुर्याउने उद्देश्यले आईसीटी अवार्डसँगको सहकार्यकमा यसको सुरुवात गरिएको आयोजकले जानकारी दिएको छ। 

विशेषगरी आर्थिक, प्राविधिक र पुर्वाधारको अभावमा नेपालको स्टार्टअपहरुको वृद्धी कम भइरहेको हुदा, यसलाई सहयोग गर्ने लक्ष्य सहित माइक्रोसफ्टले फाउण्डर्स हबको सुरुवात गरेको नेपालको लागि माइक्रोसफ्टका सेल्स एक्जिक्युटिभ सुवास मानन्धरले बताए। 

शुक्रबार आयोजना हुने कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिनिधिहरुको उपस्थिति हुनेछ। यसैगरी माइक्रोसफ्टको तर्फबाट सफल केही स्टार्टअपहरुले पनि आफ्नो सफलताको कथा प्रस्तुत गर्नेछन्। 

कार्यक्रममा माइक्रोसफ्ट विभिन्न नयाँ प्रविधिहरुको बारेमा सेसन पनि सञ्चालन हुनेछ भने आईसीटी अवार्डका विजेता र यस वर्षका उत्कृष्ट ५ ले आफ्नो स्टार्टअपको बारेमा रोचक प्रस्तुति दिनेछन्।

मंसिर १५, २०७९, बिहीबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors.