ad ad

राजनीति


सुनसरी–४ बाट सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की विजयी

सुनसरी–४ बाट सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की विजयी

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की।


नेपालखबर
मंसिर १५, २०७९ बिहिबार ११:१७, काठमाडौँ

सुनसरी क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्र बहादुर कार्की विजयी भएका छन्। सञ्चार सूचना तथा प्रविधिमन्त्री समेत रहेका कार्की १ सय १२ मतान्तरसहित विजयी भएका हुन्।

सुनसरी क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्र बहादुर कार्की विजयी भएका छन्। सञ्चार सूचना तथा प्रविधिमन्त्री समेत रहेका कार्की १ सय १२ मतान्तरसहित विजयी भएका हुन्।

नेकपा एमालेका उम्मेदवार जगदीश प्रसाद कुसियैतविरुद्ध झिनो मतान्तरले विजयी भएका हुन्। 

अन्तिम मतपरिणाम अनुसार कार्कीले ३० हजार ४ सय ८३ मत प्राप्त गरेर विजयी भएका हुन्। कुसियैतले भने ३० हजार ३ सय ७१ मत प्राप्त गरेका छन्। 

मुख्य निर्वाचन अधिकृतको कार्यालयले औपचारिक घोषणा भने गर्न बाँकी छ। यहाँ ८१ हजार १ सय १९ मत खसेको थियो।

कार्की यसअघि ०७४ को निर्वाचनमा पनि सुनसरी–४ बाटै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। त्यतिबेला उनले नेकपा एमालेका रमेश श्रेष्ठलाई पराजित गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .