ad ad

राजनीति


प्रधानमन्त्री बन्न रामचन्द्रको दौडधुप, कोटेश्वर पुगेर सहयोग गर्न माधवलाई आग्रह

प्रधानमन्त्री बन्न रामचन्द्रको दौडधुप, कोटेश्वर पुगेर सहयोग गर्न माधवलाई आग्रह

नेपालखबर
मंसिर १२, २०७९ सोमबार १०:१६, काठमाडौँ

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ। उनीहरुबीच सोमबार बिहान कोटेश्वरस्थित नेता नेपालको निजी निवासमा भेट भएको हो। 

पौडेल निकट स्रोतका अनुसार आगामी नयाँ सरकार बनाउने र गठबन्धन कायम राख्ने विषयमा कुराकानी भएको थियो। पौडेलले आफूलाई प्रधानमन्त्री बन्न नेता नेपालसमक्ष अनुरोध गरेका थिए। 

जवाफमा नेता नेपालले आफ्नो सहयोग हुने बताएका थिए। ‘तपाईंलाई सहयोग हुन्छ, तपाईंको समकालिन सबै पीएम भए तपाईं बाँकी हो, हाम्रो सहयोग रहन्छ,’ नेता नेपालले भनेको भनाई उद्धृत गर्दै बोहोराटार स्रोतले नेपालखबसँग भन्यो।

यसअघि पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवा र नेता विमलेन्द्र निधिसँग पनि भेट गरिसकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .