ad ad

राजनीति


गोकुल बास्कोटाविरुद्ध ‘डोजर चलाउन’ गएका मनोज पण्डितलाई १७३ भोट

गोकुल बास्कोटाविरुद्ध ‘डोजर चलाउन’ गएका मनोज पण्डितलाई १७३ भोट

फाइल तस्बिर


नेपालखबर
मंसिर ९, २०७९ शुक्रबार १७:४०, काठमाडौँ

काभ्रेपलाञ्चोक क्षेत्र नम्बर २ मा नेकपा एमालेका नेता गोकुल बास्कोटालाई हराउने योजनासहित उम्मेदवारी दिएका चलचित्र निर्माता मनोज पण्डितले १७३ भोट पाएका छन्। 

बास्कोटा हराउनै पर्ने व्यक्ति भन्दै उनीविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका पण्डितले अन्तिम मतपरिणाम अनुसार केवल १७३ भोट मात्रै पाएका हुन्। 

उनले उम्मेदवारी दिने क्रममा काठमाडौंमा मेयर बालेन्द्र शाहले डोजर चलाइरहेको भन्दै आफूले पनि त्यही चुनाव चिह्न लिएर चुनावी मैदानमा उत्रिएको बताएका थिए। 

निर्वाचन अधिकृतको कार्यालय काभ्रे क्षेत्र नम्बर २ ले डोजर चुनाव चिह्न दिएपछि पण्डितले फेसबुकमा लेखेका थिए, ‘सांसद भएपछि मैले देशको सीमा अतिक्रमण भएका ठाउँमा बुलडोजर चलाउने हो।’

ग्रेटर नेपाल, दासढुंगा, बधशाला लगायतका सिनेमा बनाएका चलचित्र निर्देशक पण्डितले भ्रष्टाचारीलाई हराउने भन्दै काभ्रे २ मा स्वतन्त्र उम्मेदवारी दिएका थिए। 

राजनीतिमा भ्रष्टाचार र अराजक प्रवृत्ति बढेको भन्दै उम्मेदवारी दिएका पण्डितलाई काभ्रे २ का मतदाताले पत्याएनन्। त्यहीकारण उनले आफ्नो जमानत समे जोगाउन नसक्ने मत ल्याएका छन्। 

उनले चुनावअघि काभ्रेस्थित आफ्नै निवासमा भ्रष्टचारमुक्त समाजको परिकल्पनासहित सप्ताह लगाएर अभियान थालेका थिए।

पण्डितले १३७ मत पाएको यो क्षेत्रमा एमाले नेता बास्कोटा ४५ हजार ३४५ मतसहित विजयी भएका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईंले ३९ हजार ४८२ मत ल्याएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .