चलचित्र निर्माता मनोज पण्डितले काभ्रेपलाञ्चोक २ मा गोकुल बास्कोटा विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका छन्। पण्डितले डोजर चुनाव चिन्ह पाएका छन्।
काठमाडौंमा बालेन्द्र शाहले डोजर चलाइरहेका बेला आफूले यही चुनाव चिन्ह पाएको भन्दै पण्डितले खुसी व्यक्त गरेका छन्।
केही समयअघि पण्डितले फेसबुकमा लेखेका थिए, ‘सांसद भएपछि मैले देशको सीमा अतिक्रमण भएका ठाउँमा बुलडोजर चलाउने हो।’
ग्रेटर नेपाल, दासढुंगा, बधशाला लगायतका सिनेमाहरु बनाएका चलचित्र निर्देशक पण्डितले भ्रष्टाचारीलाई हराउने भन्दै काभ्रे २ मा स्वतन्त्र उम्मेदवारी दिएका हुन्।
114
Shares
प्रतिक्रिया