एकताका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ एकअर्काका विरोधीझैँ देखिएका थिए। उनीहरूबीच सामाजिक सञ्जालमा भनाभन भइरहन्थ्यो। खासगरी साम्पाङले शाहका कुरा काट्ने गरेका थिए।
तर अहिले उनीहरूबीच मिलन भएको संकेत मिलेको छ। साम्पाङले संसदीय निर्वाचनको जारी मत गणनामा आफ्नो क्षेत्रबाट जसले जिते पनि कोसीको पानी धरान ल्याउने आफ्नो योजनामा सहयोग गर्नुपर्ने भनेर फेसबुकमा लेखेको स्टाटस सय प्रतिशत ठीक भनेर बालेन्द्रले सेयर गरेका छन्।
साम्पाङले लेखेका छन्, ‘जो जितेर गए पनि कोसीको पानी धरानमा ल्याउने मेरो योजनालाई सहयोग गर्न भूमिका खेल्नुपर्छ। अन्यथा वहाँ धरान नआए पनि हुन्छ।’
यसलाई सेयर गर्दै बालेन्द्र शाहले लेखेका छन्, ‘ठ्याक्कै सय प्रतिशत।’
यसमा ‘खेमराज खनाल’ नामका सामाजिक सञ्जाल प्रयोगकर्ताले कमेन्ट गरेका छन्, ‘कुरा मिलिराको छ अब दुवै जनाको।’
Shares
प्रतिक्रिया