ad ad

राजनीति


सर्लाही–१ प्रदेश (१) बाट लोसपाका महतो पुनः विजयी

सर्लाही–१ प्रदेश (१) बाट लोसपाका महतो पुनः विजयी

नेपालखबर
मंसिर ७, २०७९ बुधबार २३:३४, काठमाडौँ

सर्लाही क्षेत्र नं १ प्रदेशसभा (१) मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उपेन्द्र महतोले प्रदेशसभा सदस्यमा विजयी प्राप्त गरेका छन्।

उनी नेकपा (माओवादी केन्द्र) का रामचन्द्रसिंह कुशवाहलाई २ हजारभन्दा बढी मतान्तरले पराजित गर्दै दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्।

आज बेलुका करिब ८ः१० बजे सार्वजनिक गरिएको मतपरिणामअनुसार महतोले १२ हजार २६५ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी कुशवाहले १० हजार १३७ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार महतोले २ हजार १२८ मतान्तरले कुशवाहलाई पराजित गरेका हुन्। जनता समाजवादी पार्टीका उम्मेदवार अहमद मियाँ मुकेरीले चार हजार ३१ मत ल्याएका छन्।

जिल्लाको निर्वाचन क्षेत्र नं १ को (१) बाट लोसपाबाट महतोले २०७४ सालको निर्वाचनमा पनि जित निकालेका थिए। प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ मङ्सिर ४ मा महतोले लोकतान्त्रिक–वाम गठबन्धनतर्फबाट साझा उम्मेदवारी दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .