राजनीति


सप्तरी २ मा ११ हजार मत गन्न बाँकी हुँदै सीके राउतको जित निश्चित

सप्तरी २ मा ११ हजार मत गन्न बाँकी हुँदै सीके राउतको जित निश्चित

फाइल तस्बिर


नेपालखबर
मंसिर ७, २०७९ बुधबार ९:५६, जनकपुरधाम

सप्तरी निर्वाचन क्षेत्र नम्बर–२ मा प्रतिनिधि सभातर्फ जनमत पार्टीका अध्यक्ष डा. सीके रातउले १४ हजारभन्दा धेरै मतको अग्रता लिएका छन्। 

करिब ११ हजार मत गन्न बाँकी रहेको अवस्थामा त्यहाँ राउतले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँगको अग्रता १४ हजार ४९२ पुर्‍याएका हुन्।

ताजा अवस्थामा उनले २८ हजार ७४९ मत ल्याउँदा यादव १४ हजार २५७ मा समेटिएका छन्। यससँगै राउतले आफ्नो जित पक्का गरिसकेका छन्।

सत्ता गठबन्धनको साथ लिएर उठेका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार जयप्रकाश ठाकुर ५ हजार ८१७ मतमा समेटिएका छन्। 

यहाँ प्रदेशसभा तर्फ सप्तरी २ को (क) मा जनमत पार्टीका सतिश कुमार सिंह २ को (ख) मा पनि जनमतकै महेश प्रसाद यादव विजयी भइसकेका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad