गत आर्थिक वर्षमा सबैभन्दा बढी कर तिर्ने सूर्य नेपाल उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको छ।
हरेक वर्ष उत्कृष्ट करदाताको नाम घोषणा गर्दा दोहोरिने नाम सूर्य नेपाल प्रालि हो।
संस्थाले गर्ने व्यवसायको आकारका हिसावले यो वा त्यो ठूलो व्यावसायिक घराना भनी चर्चा भइरहने गर्छ।
त्यस्ता प्रसंगमा धेरै कम्पनीको नाम चर्चामा आउने गर्छ। तर बढी कर तिर्ने कम्पनीको रुपमा भने अहिलेसम्म सूर्य नेपाललाई कसैले पछि पार्न सकेको छैन।
गत आर्थिक वर्ष तिरेको करको रकमका आधारमा यो वर्ष विभिन्न विधाका करदाताको नाम सरकारले हालै सार्वजनिक गरेको छ।
त्यसमा सबैभन्दा धेरै आयकर तिर्नेमा बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल प्राली रहेको छ। यहि विधामा यो कम्पनी सबैभन्दा उत्कृष्ट ठहरिएको हो।
सूर्य नेपालको प्रमुख उत्पादन चुरोट नै हो। त्यसबाहेक यसले अगरबत्ती र सलाई पनि उत्पादन गर्छ। यो कम्पनी विदेशी तथा स्वदेशीहरुको संयुक्त लगानीमा संचालित छ।
आईटीसी लिमिटेड इन्डियाको ५९ प्रतिशत र नेपाली लगानीकर्ताको ३९ प्रतिशत लगानी रहेको यो कम्पनीमा २ प्रतिशत सेयर लगानी भने ब्रिटिश अमेरिकन टोबाको इन्भेष्टमेन्टको रहेको छ।
Shares

प्रतिक्रिया