मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत विजयी भएका छन्। उनी पर्सा क्षेत्र नम्बर १ (क) बाट प्रदेशसभामा निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ।
आयोगले उल्लेख गरेको परिणाम अनुसार राउतले जनता समाजवादी पार्टीबाट ७ हजार ५ सय ४५ मत ल्याएर विजयी भएका हुन्।
राउतका प्रतिस्पर्धी नेपाली कांग्रेसका रामनारयण प्रसाद कुर्मीले ६ हजार २ सय १२ मत प्राप्त गरेका छन्। त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका विनय प्रसाद झाले २ हजार ८ सय ४१ मत प्राप्त गरेका छन्।
यहाँ लौरो चिन्ह लिएर उठेका हाम्रो नेपाली पार्टीका ओम प्रकाश शर्राफ २ हजार २९ मत पाप्त गरेका छन्।
निर्वाचित भएका राउत यसअघि पनि सोही क्षेत्रबाट प्रदेशसभामा उठेका थिए।
42
Shares

प्रतिक्रिया