राजनीति


कांग्रेसको कटायो समानुपातिकमा डेढ लाख मत

कांग्रेसको कटायो समानुपातिकमा डेढ लाख मत

नेपालखबर
मंसिर ७, २०७९ बुधबार २:२२, काठमाडौँ

नेपाली कांग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फ डेढ लाख मत कटाएको छ। निर्वाचन आयोगका अनुसार जारी मतगणनामा कांग्रेसले समानुपातिकतर्फ १ लाख ५० हजार ९७० मत ल्याएको छ। 

नेकपा एमाले भने एक लाख ७२ हजार ८४० मतसहित समानुपातिकतर्फ पहिलो दलका रुपमा देखिएको छ। प्रतिनिसभा र प्रदेशसभा निर्वाचनको संघारमा दर्ता भएको राष्ट्रिय स्वतन्त्र पार्टी ७८ हजार ७४ मतसहित समानुपातिकतर्फ तेस्रो स्थानमा छ।  

नेकपा माओवादी केन्द्र ७२ हजार ९१९ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ४० हजार ६२७ मतसहित क्रमशः चौथो र पाँचौ स्थानमा छन्। मुलुक विखण्डनको राजनीति छाडेर मूलधारको राजनीतिमा आएको जनमत पार्टीले मधेश प्रदेशमा पकड जमाएका दलहरुलाई पछि पारेको छ।

जनमत पार्टी १३ हजार ६४९ मतका साथ छैटौं दल बन्दा जनता समाजवादी पार्टी (जसपा) १३ हजार ७७ मतका साथ उसलाई पछ्याइरहेको छ। 

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले समानुपातिकतर्फ १० हजार ५४० मत प्राप्त गरेको आयोगले जनाएको छ। 

एमाले चोइटिएर बनेको नयाँ दल नेकपा एकीकृत समाजवादी भने पछिल्लो मत परिणाममा स्थानीय तह निर्वाचन २०७९ अघिमात्रै दर्ता भएको नागरिक उन्मुक्ति पार्टी भन्दा अगाडि छ। आयोगका अनुसार एकीकृत समाजवादीले ९ हजार १७९ र उन्मुक्तिले ८ हजार ३९२ मत पाएको आयोगको तथ्यांकमा उल्लेख छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad