ad ad

राजनीति


‘कम्युनिस्ट आन्दोलन र जात व्यवस्थाविरोधी आन्दोलनले इमान्दार कार्यकर्ता गुमायो’

‘कम्युनिस्ट आन्दोलन र जात व्यवस्थाविरोधी आन्दोलनले इमान्दार कार्यकर्ता गुमायो’

महावीर विश्वकर्मा


नेपालखबर
मंसिर ६, २०७९ मंगलबार १५:१३, काठमाडौँ

पत्रकार तथा कलाकारसमेत रहेका आफ्ना केन्द्रीय सदस्य महावीर विश्वकर्माको निधनले कम्युनिस्ट आन्दोलन र जात व्यवस्थाविरोधी आन्दोलनले एकजना याेद्धा गुमाएको उल्लेख गर्दै वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले गहिरो दुःख व्यक्त गरेको छ। 

चर्चित रेडियो कार्यक्रम ‘बहकिने मन’का प्रस्तोता विश्वकर्माको आज बिहान गृहजिल्ला चितवनमा भएको गाडी दुर्घटनामा परी निधन भएको हो। चितवनको सुन्दरबस्ती–४ स्थित आफ्नो घरबाट काठमाडौं फर्किंदै गरेका उनी सवार बा ४ ख ४१२ नम्बरको माइक्रो बस चितवनकै राप्ती नगरपालिका–६ हर्दीमा रोकिराखेको ना २ ख ८५२२ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना भएको हो। गम्भीर घाइते अवस्थामा उपचारका लागि अस्पताल लाँदै गर्दा बाटैमा उनको मृत्यु भएको हो। दुर्घटनामा अन्य चार यात्रु पनि घाइते भएका छन्। 

वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले विज्ञप्ति ‘असिम स्मरण र समवेदना’ शीर्षकमा विज्ञप्ति जारी गरी महावीरले संकल्प गरेको वैज्ञानिक समाजवाद निर्माण जात व्यवस्था उन्मूलनको यात्रामा दृढतापूर्वक लाग्ने संकल्प गरेको छ। 

‘कमरेड महावीर विश्वकर्माको असामयिक मृत्युले नेपालको कम्युनिस्ट आन्दोलन र जात व्यवस्थाविरोधी आन्दोलनले एकजना इमान्दार कार्यकर्ता गुमाएको छ’, पार्टीका प्रवक्ता जागृत रायमाझीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पार्टी कमरेड महावीरले संकल्प गरेको वैज्ञानिक समाजवाद निर्माण र जात व्यवस्था उन्मुलनको यात्रामा दृढतापूर्वक लाग्ने संकल्प गर्दछ। र, सिङ्गो पार्टी पंक्ति एवं न्यायप्रेमीहरुलाई संकल्पित हुन अपिल पनि गर्दछ।’ 

आमा कौशिला घिमिरे र बुवा कृष्ण घिमिरेको सन्तानका रूपमा २०४५ फागुन १० गते चितवनमा जन्मिएका महावीर नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलन र जात व्यवस्थाविरोधी आन्दोलनमा पूर्णकालिक योद्धा थिए। उनी लामो समयदेखि पत्रकारिता, कलाकारिता र साहित्य क्षेत्रमा समेत क्रियाशील थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .