ad ad

राजनीति


काठमाडौं - ५ मा ईश्वर पोखरेलसँग प्रदीप पौडेलको मतान्तर १८ सय भन्दा धेरै

काठमाडौं - ५ मा ईश्वर पोखरेलसँग प्रदीप पौडेलको मतान्तर १८ सय भन्दा धेरै

नेपालखबर
मंसिर ६, २०७९ मंगलबार ७:३८, काठमाडौँ

काठमाडौं–५ मा नेपाली कांग्रेसका प्रदीप पौडेलले प्रतिष्पर्धीसँगको मतान्तर बढाएका छन्। 

कूल खसेको मतमध्ये १८ हजार ७९७ मत गणना हुँदा उनले नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँगको मतान्तर बढाएका हुन्। 

पौडेल र पोखरेलबीचको मतान्तर १ हजार ८१६ पुगेको छ। पछिल्लो परिणाम अनुसार पौडेलले ६ हजार १८१ र पोखरेलले ४ हजार ३६५ मत पाएका छन्। 

काठमाडौं–५ मा ७० हजार ९१९ मतदाता छन्। जसमध्ये ४५ हजार ३५५ मत खसेको थियो।  
  
२०७४ को प्रतिनिधिसभा निर्वाचनमा एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेल यही क्षेत्रबाट विजयी भएका थिए। २३ हजार २९ मतका साथ पोखरेल विजयी हुँदा कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले १३ हजार १६९ मत प्राप्त गरेका थिए। 

तेस्रो भएको विवेशशील साझाका उम्मेदवार स्व.उज्वलबहादुर थापाले ६ हजार ८५३ मत ल्याएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .