रुपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले एमालेका विष्णु पौडेललाई ३ सय मतले पछि पारेका छन्।
अहिलेसम्म कुल ६ हजार २९० मत गणना भएको छ।
गणेशले २ हजार २४४ मत ल्याएका ल्याउँदा विष्णुले १ हजा ९४४ मत पाएका छन्।
गठबन्धनको तर्फबाट उम्मेद्वार बनेका राष्ट्रिय जनमुक्ती पार्टीका केशवबहादुर थापाले १ हजार ४६१ मत ल्याएका छन्।
प्रदेश सभा २ ‘क’ मा एमालेका लिला गिरि २ हजार ९७६ मतका साथ अगाडि छन्। कांग्रेसका दिर्घबहादुर केशीले २ हजार २१ मत ल्याएका छन्।
171
Shares

प्रतिक्रिया