राजनीति


सागर ढकाल २१ सय मतले पछि, कर्ण मल्ल तेस्रो स्थानमा

सागर ढकाल २१ सय मतले पछि, कर्ण मल्ल तेस्रो स्थानमा

नेपालखबर
मंसिर ६, २०७९ मंगलबार १:५०, काठमाडौँ

प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना निकटतम् प्रतिस्पर्धीलाई २१ सय बढी मतले पछि पारेका छन्। 

डडेल्धुराबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका देउवाले निकटतम् प्रतिष्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकाललाई २१ सय १५ मतले पछि पारेका हुन्।

अहिलेसम्म गणना सम्पन्न भएका ८ हजार ८७ मतमध्ये प्रधानमन्त्री देउवाले ४ हजार ९२ मत पाएका छन्। उनका निकटतम् प्रतिस्पर्धी ढकालले १ हजार ९४१ मत ल्याएका छन्। 

कांग्रेसको कारबाहीमा परेर नेपाली कांग्रेस बीपीमा प्रवेश गरेका देउवाका पूर्व स्वकीय सचिव कर्णबहादुर मल्ल १ हजार ३०८ मतसहित तेस्रो स्थानमा छन्। 

डडेल्धुरामा ५१ हजार ६६० मत खसेको थियो। निर्वाचन आयोगका अनुसार यहाँ कूल मतदाताको संख्या ९१ हजार २०१ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad