राजनीति


रुपन्देही सालझण्डीको पशुपति माविमा १ घण्टा स्थगित भएर मतदान पुनः सुचारु

रुपन्देही सालझण्डीको पशुपति माविमा १ घण्टा स्थगित भएर मतदान पुनः सुचारु

नेपालखबर
मंसिर ४, २०७९ आइतबार १५:८, काठमाडौँ

रुपन्देहीको सैनामैना नगरपालिका पशुपति माविको मतदान केन्द्रमा मतपत्र फरक बाकसमा परेपछि रोकिएको मतदान अहिले सुचारु भएको छ।

मतदान केन्द्रमा ३२ वटा प्रदेश सभाको मत प्रतिनिधि सभाको बाकसमा गएपछि एक घण्टा मतदान रोकिएको थियो।

पछि आयोगले निर्णय गर्ने गरि जहाँ रोकिएको त्यहीबाट मतदान सुचारु गरिएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले जानकारी दिए। 

यसअघि रुद्रपुरको मतदान केन्द्रमा ६७ वटा प्रतिनिधि सभाको मतपत्र अर्को बाकसमा पर्दा मतदान रोकिएको थियो।

पछि आयोगले निर्णय गर्ने गरि रुद्रपुरमा पनि मतदान सुरु भएको अर्यालले बताए।

अन्य ठाउँमा शान्तिपूर्ण मतदान भएको र २ बजेसम्म ४५ प्रतिशत मत खसेको उनले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .