धनुषामा हालसम्म ४२ प्रतिशत मतदान सम्पन्न भएको छ। धनुषाका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले आइतबार दिउँसो २ बजेर ३० मिनेटसम्म जिल्लाको चारवटै निर्वाचन क्षेत्र मिलाएर अहिलेसम्म कुल ४२ प्रतिशतसम्म मतदान सम्पन्न भएको जानकारी दिएका छन्।
प्याकुरेलले जिल्लामा निर्वाचन सामग्री, निर्वाचन कर्मचारी, मतदाताहरू र उम्मेदवारलाई अहिलेसम्म कुनै किसिमको भौतिक क्षति नपुगेको बताएका छन्। उनले मतपेटिका ढुवानीका लागि आवश्यकताअनुसारका सवारीसाधन तैनाथ राखिएको पनि जानकारी दिए।
जिल्लाको ३२३ मतदानस्थलका ६०६ मतदान केन्द्रमार्फत बिहान ७ बजेदेखि शान्तिपूर्ण रुपमा मतदान कार्य जारी रहेको छ।
यस जिल्लामा २ लाख ५२ हजार ९१५ पुरुष, २ लाख २१ हजार ६६५ महिला र अन्य ७ गरी कूल ४ लाख ७४ हजार ५८७ मतदाता रहेका छन्।
21
Shares

प्रतिक्रिया