रसुवामा ५० प्रतिशत मत खसेको छ। २ बजेसम्मको अपडेट अनुसार कूल मतदाताको ५० प्रतिशत मत खसेको जिल्ला प्रशासन कार्यालय रसुवाले जानकारी दिएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी दयाराम पौडेलका अनुसार विहानदेखि नै शान्तिपूर्ण मतदान भएको छ।
उनले भने, ‘रसुवाको अहिलेसम्मको स्थिति हेर्दा धेरै जसो स्थानमा ५ बजे सम्म मतदान सम्पन्न हुने अपेक्षा छ। मतदाता धेरै भएको स्थानमा भने ६ बजेजम्म पनि लाग्न सक्ने अनुमान गरिएको छ।’
राजनीतिक दर र मतदाताहरु शान्तिपूर्ण रुपमा मतदान स्थलमा उपस्थित भएका छन्। बिहानदेखि नै उत्साहपूर्ण उपस्थिति रहेका कारण सुरक्षा व्यवस्था मिलाउन समेत सहज भएको उनले बताए।
27
Shares

प्रतिक्रिया