राजनीति


सरकार कसको नेतृत्वमा भन्ने कुरा निर्वाचनपछि मात्र थाहा हुन्छ : अध्यक्ष यादव

सरकार कसको नेतृत्वमा भन्ने कुरा निर्वाचनपछि मात्र थाहा हुन्छ : अध्यक्ष यादव

फाइल तस्बिर


नेपालखबर
मंसिर ४, २०७९ आइतबार १४:३६, काठमाडौँ

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचनको परिणामपछि नै कसको नेतृत्वमा सरकार गठन हुन्छ भन्ने निर्णय हुने बताएका छन्।

उाले यस विषयमा अहिले नै प्रतिक्रिया दिनु हतार हुने धारणा राखे।

दलबीच विभिन्न गठबन्धन हुनु पनि लोकतन्त्रको अभ्यास भएको उहाँको टिप्पणी थियो।

विराटनगर–१४ स्थित स्नातकोत्तर क्याम्पसको विज्ञान भवन मतदान केन्द्रमा आज मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले मुलुकको राजनीतिक उतारचढावबाट नै लोकतन्त्र परिपक्व र संस्थागत हुने बताए।

अध्यक्ष यादवले नेपालीको भविष्य राम्रो रहेकामा आफू आशावादी रहेको पनि स्पष्ट गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad