ad ad

राजनीति


मतदानस्थलमा सिंह–मिश्र जम्काभेट, एकअर्कालाई गरे व्यंग्य

मतदानस्थलमा सिंह–मिश्र जम्काभेट, एकअर्कालाई गरे व्यंग्य

तस्बिर : शरदराज पाठक


नेपालखबर
मंसिर ४, २०७९ आइतबार १३:३९, काठमाडौँ

काठमाडौं क्षेत्र नम्बर १ का प्रतिस्पर्धीद्वय नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रबीच घोचपेच भएको छ। 

आइतबार बिहान  मतदान केन्द्र भ्रमणका क्रममा बानेश्वरको रत्नराज्य महादेवस्थान केन्द्रअगाडि काठमाडौँ– २ का यी चर्चित उम्मेदवारबीच जम्काभेट भएको हो। त्यस क्रममा उनीहरूले एकअर्कालाई व्यंग्य गरेका हुन्। 

राप्रपाका नेता शरदराज पाठकले यी दुई उम्मेदवारबीच जम्काभेटका क्रममा भएको कुराकानी आफ्नो फेसबुकमा सेयर गरेका छन्।

पाठकका अनुसार, जम्काभेटका क्रममा कांग्रेस नेता सिंहले मिश्रलाई भनेका थिए, ‘मनोनयन दर्तामा भेट भाथ्यो, आज भेटियो। अब ५ वर्षपछि भेटौँला।’ 

फेसबुकमा पाठकले सिंहको कथन यत्ति मात्र उल्लेख गरेपनि कांग्रेस उम्मेदवार सिंहले प्रत्येक निर्वाचनमा पार्टी परिवर्तन गरेर प्रतिस्पर्धा गर्ने गरेको भन्दै व्यङ्ग्य गरेका थिए।

मिश्र २०७४ को निर्वाचनमा काठमाडौँ– १ बाट साझा पार्टीको तराजु चिह्न लिएर सिंहसँग प्रतिस्पर्धा गरेका थिए। 

उनी सो पार्टीको संस्थापक अध्यक्षपनि हुन्। निकै प्रतिस्पर्धापूर्ण निर्वाचनमा सिंहसँग मिश्र हारेका थिए। 

तर, आफैले स्थापना गरेको पार्टी परित्याग गरी मिश्र यसपटक राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट काठमाडौँ– १ मा प्रतिस्पर्धा गरिरहेका छन्। उनी सो पार्टीको सहअध्यक्ष छन्। 

पाँच वर्षको अवधिमा दुई पार्टी र चुनाव चिन्ह लिएर उठेका मिश्रलाई व्यङ्ग्यस्वरुप सिंहले ‘पाँच वर्षपछि हुने निर्वाचनमा अर्कै चिन्ह लिएका मिश्रसँग भेट हुने बताएका थिए। 

‘दलबदलु’ को संकेत गर्दै सिंहले व्यङ्ग्य गरेपछि मिश्रले पनि उही शैलीमा सिंहलाई व्यङ्ग्य्य फर्काए। 

‘अब अर्काे पटक उम्मेदवारका रुपमा सम्भवतः हाम्रो भेट नहोला’ पाठकका भनाइमा, मिश्रको जवाफ थियो, ‘किनकी, तपाईंलाई विश्राम चाहिएको छ, काठमाडौँ– १ का मतदातालाई अब म चाहिएको छ।’

कांग्रेस नेता सिंहका राजनीतिक सहयोगी युपी लामिछानेका भनाइमा, मिश्रले यस्तो जवाफ दिएपछि सिंहले भनेका थिए, ‘राजनीतिमा धैर्यता चाहिन्छ। तपाईंले पनि धैर्य गर्न सिक्नुस्।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .