कारोबार


ओपोद्वारा ३ पहलको घोषणा

ओपोद्वारा ३ पहलको घोषणा

नेपालखबर
पुस ३, २०७६ बिहिबार १५:२७,

‘ईन्नोभेसन एण्ड ईन्टेलिजेन्स’ थिम सहित ओपोले आजबाट, २०१९ ओपो डेभलपर्स कन्फरेन्स (ओडीसी)को उद्घाटन गरेको छ। सम्मेलन मार्फत कम्पनीले डेभलपर्स र पार्टनर्सका साथमा नयाँ ईन्टेलिजेन्ट सर्भिस ईकोसिस्टमको सह(निर्माणका लागि तीन पहल बारे जानकारी समेत सार्वजनिक गरेको छ। ओपोद्वारा घोषित ३ पहलमा डेभलपर सपोर्ट प्रोग्राम ‘ग्राभिटी प्लान २.०’का लागि ओपोले सन् २०२०मा आरएमबी १ बिलियन (करिव यूएसडी १४३ मिलियन) लगानी छुट्याएको छ। त्यसैगरी ‘फाइभ सिस्टम लेभल क्यापेबिलिटी ईन्जिन्स’ र ‘आईओटी ईनेबलमेन्ट प्लान’ रहेका छन्।

पछिल्लो बर्ष ओपोले आफ्नो कलरओएस सञ्चालन प्रणाली अन्तर्गत वैश्विकस्तरमा ३२० मिलियन भन्दा बढी मासिक सक्रिय प्रयोगकर्ता र आफ्नो एप्लिकेसन्स, सेवा र कन्टेन्ट ईकोसिस्टममा प्रयोगकर्ताको संख्यामा बृद्धिका साथ नयाँ ईकोसिस्टम निर्माणमा उल्लेख्य प्रगति हात पार्न सफल भएको छ। आजको मितिसम्म आईपुग्दा १ लाख २० हजार भन्दा बढीको संख्यामा डेभलपर्सले ओपोको ओपन प्ल्याटफर्ममा जोइन गरिसकेका छन् भने यसको ओपन क्यापेबिलिटी सेवाको प्रयोग प्रति दिन ३ बिलियन पटक भन्दा बढी हुने गरेको छ।

डेभलपर्स र प्रयोगकर्तालाई कनेक्ट गर्ने प्रयासमा ‘ग्राभिटी प्लान २.०’का लागि आरएमबी १ बिलियन

pic_3.jpg
विश्वभरका विशिष्ट डेभलपर्सलाई टेवा पु¥याउने सोचका साथ २०१८ डेभलपर्स कन्फरेन्समा ओपोले आधिकारिक रुपमा आरएमबी १ बिलियनको कार्यक्रमका रुपमा ‘ग्राभिटी प्लान’को घोषणा गरेको थियो। लगतै योजनाले २ हजार भन्दा बढी एप्लिकेसन्सलाई आवश्यक श्रोत उपलब्ध गराउँदै, ९.२ बिलियन ईम्प्रेसन्स र १८० मिलियन भन्दा बढी पटक डाउनलोड भइसकेको छ।
ओपोको ईन्टरनेट सर्भिसेज्का उपाध्यक्ष हेनरी डुआनले कार्यक्रममा आफ्नो कि नोट वक्तब्य प्रस्तुत गर्दै भने, ‘विश्वभरका १४० भन्दा बढी देश तथा क्षेत्रमा उपलब्ध कलरओएसको सहायता मार्फत ‘ग्राभिटी प्लान २.०’ले पछिल्लो बर्षको योजनालाई थप अगाडी बढाउँदै एप्लिकेसन्स, सर्भिसेज्, कन्टेन्ट र ग्लोबल डेभलपमेन्ट गरी चार प्रमुख क्षेत्रमा आफ्ना पार्टनर्सहरुलाई निरन्तर र चौतर्फी समर्थन तथा सहायता प्रदान गरिरहने छौँ।’

‘फाइभ सिस्टम लेभल क्यापेबिलिटी एक्स्पोजर ईन्जिन्स’ मार्फत मल्टि सिनेरियो कन्भर्जेन्ट अनुभव

pic_2.jpg
डेभलपर्सलाई ओपोको सिस्टम(लेभल क्यापेबिलिटीमा कनेक्ट हुन थप सहज तथा छरितो बनाउँदै सुदृढ प्रयोग अनुभव प्रदान गर्न ओपोले आधिकारिक रुपमा हाइपर बुस्ट, क्यामेरायूनिट, मिडियायूनिट र एआरयूनिट क्यापेबिलिटीज् सहितको ‘फाइभ सिस्टम लेभल क्यापेबिलिटी एक्स्पोजर ईन्जिन्स’ सार्वजनिक गरेको हो। यसरी, ओपोले समग्र प्रयोगकर्ता अनुभवका साथै डेभलपर्स तथा पार्टनर्सको अनुभवमा समेत सुदृढिकरण ल्याउने लक्ष्य लिएको छ।

‘फाइभ सिस्टम लेभल क्यापेबिलिटी एक्स्पोजर ईन्जिन्स’ सार्वजनिकसँगै ओपोले भर्चुअल रियालम र यथार्थ एकिकृत गरी डेभलपर्सको श्रीजनसिलतामा तेवा पु¥याउँदै , विभिन्न परिस्थिती नियाल्दै, ईन्टेलिजेन्ट कनेक्टिभिटी सहितको विश्व निर्माणमा थप योगदान पु¥याउने छ’, ओपोको सफ्टवेयर ईञ्जिनियरिङका उपाध्यक्ष एण्डी वुले कार्यक्रममा आफ्नो कि(नोट वक्तब्य प्रस्तुत गर्दै भने।

‘आईओटी ईनेबलमेन्ट प्लान’ र हेथिङ्स आइओटी सर्भिस प्ल्याटफर्म मार्फत प्रविधि र सेवा एकिकरणमा तेवा पु-याउनु

pic_1.jpg
भविस्यमा सम्भावित बस्तुहरुको एकिकरण र अभिसरणको अपेक्षाका साथ ओपोले ‘आईओटी ईनेबलमेन्ट प्लान’ सार्वजनिक गर्ने योजनाको घोषणा गरेको हो। ‘आईओटी ईनेबलमेन्ट प्लान’, ओपोको हेथिङ्स आईओटी प्रोटोकोल, हेथिङ्स आईओटी सर्भिस प्ल्याटफर्म र आईओटी पार्टनर्सका लागि अडियो कनेक्टिभिटी प्रोटोकोल लगायतको क्षमता अभिबृद्धि लक्षित कार्यक्रम हो। भरखरै अपग्रेड गरिएको हेथिङ्स आईओटी सेवा प्ल्याटफर्म ओपोको ओपन प्ल्याटफर्म मार्फत सन् २०२०को क्यूवानमै खुल्ला गरिने अनुमान गरिएको छ। त्यसैगरी, अडियो कनेक्टिभिटी प्रोटोकोलको पहिलो चरण भने सन् २०२०को जून महिनामै सेवामा आउने आशा गरिएको छ।

ओपोले निकट भविस्यमा नै स्मार्टवाच, ओपो वाचका साथै आफ्ना पार्टनर्ससंग बलियो ईकोसिस्टम निर्माणका लागिएक रणनैतिक उपकरणका रुपमा हेल्थ प्ल्याटफर्म समेत सार्वजनिक गर्ने सम्भावना प्रबल रहेको ओपोको ईन्टेलिजेन्ट मोबाइल डिभाइसेज्का उपाध्यक्ष बोबी लीउले जानकारी दिए।

सुरुवाती अवस्था देखि नै ओपोको परिचय फोन निर्माताका रुपमा मात्र सिमित नरहेको र आउने तीन बर्षमा ओपोले हार्डवेयर, सफ्टवेयर र सिस्टमका साथै, फाइभजी, एआई, एआर, बिग डाटा र अन्य अग्रगामी प्रविधिहरुको विकास तथा निर्माणका लागि आरएण्डडी अन्तर्गत आरएमबी ५० बिलियन (यूएसडी ७ बिलियन) लगानी गर्ने, यसै बर्षको ओपो ईन्नो डे मार्फत ओपोका प्रमुख कार्यकारी अधिकृत तथा संस्थापक टोनी चन्ले जानकारी दिएका छन्। भविस्यको साझा सफलताका लागि कम्पनीले आफ्ना औद्योगिक पार्टनर्सहरु संग सक्रिय सहकार्य गर्दै ईन्टेलिजेन्ट कनेक्टिभिटीको यूगमा नयाँ ईकोसिस्टमको स्मार्ट सेवा निर्माणका लागि ओपो प्रयासरत रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad