ad ad

राजनीति


विपक्षीहरु रातभर पैसा बाँड्दै, माछामासुको भतेर लगाउँदै हिँडेको देखियो : माधव नेपाल

विपक्षीहरु रातभर पैसा बाँड्दै, माछामासुको भतेर लगाउँदै हिँडेको देखियो : माधव नेपाल

फाइल तस्बिर


नेपालखबर
मंसिर ४, २०७९ आइतबार ११:३९, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मतदान गरेका छन्। 

अध्यक्ष नेपालले गृहजिल्ला रौतहटको निर्वाचन क्षेत्र नम्बर १ स्थित रामजानकी कन्या आधारभुत माध्यामिक विद्यालयको मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन्। 

उनीसँगै उहाँकी श्रीमती गायत्री नेपालले पनि मतदान गरेको नेपालले बताए।

उनले जनताले पाएको सार्वभौम अधिकारको प्रयोग गर्न आम मतदाताहरुलाई आग्रह गरे। 

उनले मौन अवधिको बेलामा आचारसंहीताको उल्लंघन भएको भन्दै यसलाई आयोगले आवश्यक कारबाही गर्नुपर्ने बताए। उनले सरकारले निर्वाचनका विकृतिलाई रोक्न कडाई गर्न आवश्यक रहेको बताए।

‘खासगरी निर्वाचनमा देखापरेको विकृतिहरुको बारेमा खबर धेरै सुनेको छु। रातभर पैसा बाँड्दै अनि मासुमाछाको भतेर लगाउँदै विपक्षीहरु हिँडेको सुनियो। खासगरी प्रमुख विपक्षीको रुपमा रहेको पार्टीका उम्मेदवारहरुले आचारसंहीताको चरम उल्लंघन गरेको भन्ने सुनेँ। राति मोटरसाइकलमा पैसा बाँड्दै हिँडेको, ठाउँठाउँमा फेला पनि परेको सुन्नमा पनि आएको छ। यी विकृतिहरुलाई कसरी रोक्न सकिन्छ भन्नेबारेमा धेरै कडाइ गर्नुपर्ने आवश्यकता छ।’ नेपालले भने।

आज एकै चरणमा देशभर प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुँदैछ। आज साँझ ५ बजेसम्म मतदान गर्न सकिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .