ad ad

राजनीति


गोरखाबाट उम्मेदवारी दिएका प्रचण्डले चितवनबाट गरे मतदान

गोरखाबाट उम्मेदवारी दिएका प्रचण्डले चितवनबाट गरे मतदान

नेपालखबर
मंसिर ४, २०७९ आइतबार ७:५८, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मतदान गरेका छन्। 

उनी मतदान गर्न शनिबारनै चितवन पुगेका छन्। प्रचण्डले  भरतपुर–१४ शान्तिपुरस्थित नेपाल पुलिस स्कुलमा मतदान गरेका हुन्।

प्रचण्डले भने गोरखा–२ बाट प्रतिधिसभा सदस्यमा उम्मेदवारी दिएका छन्। 

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज देशभरि मतदान भइरहेको छ। आइतबार बिहान ७ बजेदेखि सुरू भएको मतदान साँझ ५ बजेसम्म हुनेछ।

देशैभरमा शीर्ष नेताहरुसहित मतदाताहरु मतदानका लागि उपस्थित भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .