राजनीति


सुरक्षा व्यवस्था कडा पारेका छौँ, ढुक्कसँग मतदान गर्नुहोस् : गृहसचिव

सुरक्षा व्यवस्था कडा पारेका छौँ, ढुक्कसँग मतदान गर्नुहोस् : गृहसचिव

फाइल तस्बिर


नेपालखबर
मंसिर ३, २०७९ शनिबार १८:३३, काठमाडौँ

सरकारले मंसिर ४ गते आइतवार (भोलि) हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा अवरोध सिर्जना हुन नदिन सुरक्षा व्यवस्था कडा पारेको बताएको छ।

गृहमन्त्रालयले निर्वाचनका लागि देशभर आवश्यक तयारी सकिएको र सुरक्षा व्यवस्थालाई पनि कडा पारिएको बताएको हो।

गृह मन्त्रालयको सचिव विनोदप्रकाश सिंहले नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल र म्यादी प्रहरी निर्वाचन सुरक्षाको लागि तैनाथ रहेको बताए।

उनले निर्वाचनलाई कुनैपनि किसिमको अवरोध हुन नदिनको लागि सम्पूर्ण निर्वाचन क्षेत्रमा सुरक्षाकर्मीहरु परिचालन गरेको बताए। उनले सरकारले निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र, भयरहीत र विश्वसनीय बनाउन सबै सुरक्षा व्यवस्था चुस्त पारिएकाले निर्धक्क भएर मतदान गर्न आग्रह गरे।

‘मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भइसकेका छन्। सुरक्षा व्यवस्थालाई पनि चुस्तदुरुस्त राखिएको छ । सम्पूर्ण सुरक्षा भरपर्दो, चुस्त दुरुस्त पारिएको छ,’ उनले भने, ‘सुरक्षामा नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवानहरु निर्वाचनको लागि सम्पूर्ण रुपमा निर्वाचन क्षेत्रमा खटिसक्नुभएको छ। सबै ठाउँमा निर्वाचनलाई कुनैपनि किसिमको अवरोध नहुने गरी र निर्वाचन सहज हुनेगरी सुरक्षा व्यवस्था मिलाइएको छ। मतदातालाई बिहान ७ बजेदेखि ५ बजेसम्म देशभरका विभिन्न मतदान केन्द्रमा हुने मतदान ढुक्क भएर गर्न आग्रह गर्दछु।’

गृह मन्त्रालयले शनिबार काभ्रेपलाञ्चोक, दोलखा र रामेछाप जिल्लाका अति संवेदनशील मतदान केन्द्रको अवलोकन एवं निरीक्षण गरेको थियो। 

देशभर एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन हुँदैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad