पोखरा क्षेत्री अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक उडान परीक्षण (क्यालिब्रेसन फ्लाइट) का लागि एरो थाइ कम्पनीको जहाज पोखरा आइपुगेको छ। शनिबार पोखरा आइपुगेको उक्त विमानले सोमबार (५ मंसिर)देखि परीक्षण उडान गर्ने छ।
बिहान १० बजेदेखि १ बजेसम्म र दिउँसो साढे २ बजेदेखि साढे ५ बजेसम्म उडान परीक्षण गरिने बताइएको छ।
विमानस्थलमा जोडिएका ग्राउन्डबेस नेभिगेसन यन्त्रहरुको योग्यताबारे सुरूमा परीक्षण हुनेछ। परीक्षण उडान (क्यालिब्रेसन)का लागि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाले सरसफाइ अन्य यन्त्र परीक्षण गर्ने काम गरिरहेको छ।
162
Shares
प्रतिक्रिया