राजनीति


मतदान गर्न चितवन पुगे प्रचण्ड

मतदान गर्न चितवन पुगे प्रचण्ड

नेपालखबर
मंसिर ३, २०७९ शनिबार १६:३४, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन पुगेका छन्। भोलि (आइतबार) हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदान गर्नका लागि प्रचण्ड शनिबार नै चितवन पुगेका हुन्। 

उनले चितवन क्षेत्र नम्बर ३ बाट मतदान गर्नेछन्। चितवनको शिवनगरस्थित मतदान केन्द्रमा उनले मताधिकार प्रयोग गर्ने उनको सचिवालयले जनाएको छ। 

‘चितवन जिल्ला निर्वाचन क्षेत्र नं। ३ शिवनगरस्थित मतदान केन्द्रमा भोलि मंसिर ४ गते हुन गइरहेको आम निर्वाचनमा आफ्नो मताधिकारको प्रयोग गर्न अध्यक्ष प्रचण्ड अपरान्ह चितवनको भरतपुर विमानस्थल अवतरण हुनुभएको छ,’ प्रचण्डका प्रेस संयोजक सुर्य किरणले तस्बिर सेयर गर्दै भनेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .