राजनीति


मतदान स्थगित हुन नदिने वातावरण बनाएका छौँ : सशस्त्र महानिरीक्षक अर्याल

मतदान स्थगित हुन नदिने वातावरण बनाएका छौँ : सशस्त्र महानिरीक्षक अर्याल

नेपालखबर
मंसिर २, २०७९ शुक्रबार १७:३६, काठमाडौँ

सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले शान्ति सुरक्षाका कारण मतदात स्थगित गर्नुपर्ने अवस्था आउन नदिने बताएका छन्। 

उनले निर्वाचनको दिन बष्किार गर्ने समूह वा राजनीतिक दलका कार्यकर्ताको आपसी झडप दुई तरिकाले निर्वाचन प्रभावित पार्नसक्ने भन्दै सतर्क रहेको बताए।

निर्वाचनको दिनमा निर्वाचन कसरी शान्तिपूर्ण सम्पन्न गर्न सकिन्छ भन्ने हिसावले सूचनालाई विश्लेषण गर्नका छुट्टै टिम राखिएको अर्यालले जानकारी दिए।

त्यहाँ दुई किसिमको घटनाहरु हुनसक्छ, एउटा निर्वाचन बहिष्कारवादीहरुले गर्नसक्ने घटना हुनसक्छ भने अर्को राजनीतिक दलहरुको आपसी झडपको घटनाहरु पनि हुनसक्छन्’ उनले भने, ‘यो दुईवटै घटनाहरुलाई कसरी सकेसम्म हुन नदिने र भइहाल्यो भने पनि निर्वाचनलाई बिथोल्न नदिने, निर्वाचनलाई स्थगित हुन नदिनेगरी हामीले योजना बनाएका छौँ। त्यही योजना अनुसार नै यो निर्वाचन सम्पन्न हुन्छ।’

महानिरीक्षक अर्यालले निर्वाचन आयोग र नेपाल सरकारले बनाएको एकीकृत सुरक्षा योजना अन्तर्गत काम भइरहेको बताए। 

उनले निर्वाचन अगाडि, निर्वाचनको दिनमा र निर्वाचन पछि मतगणना स्थलसम्मको सम्पूर्ण सुरक्षाको व्यवस्था भइसकेको बताए। 

‘यसको लागि सुरक्षाको पाटोमा हेर्दा नेपाली सेना, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभागसँग समन्वय र सहकार्यमा सुरक्षा व्यवस्थालाई अन्तिम चरणमा गएर सबै जना फिल्डमा खटिसकेको अवस्था छ’ महानिरीक्षक अर्यालले भने, ‘निर्वाचनको सुरक्षा सम्बन्धमा पूर्ण रुपमा तैनाथीको काम सकिसक्यो।’

(न्युज एजेन्सी नेपालसँगकाे कुराकानीमा आधारित।)
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad