राजनीति


कमल थापाले भने : ओलीलाई भनेर लिङ्देनलाई जिताएँ, तर विश्वासघाती निस्किए

कमल थापाले भने : ओलीलाई भनेर लिङ्देनलाई जिताएँ, तर विश्वासघाती निस्किए

नेपालखबर
मंसिर १, २०७९ बिहिबार १९:२६, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा बिहीबार चुनाव प्रचारको अन्तिम दिन आफ्ना पुरानो सहकर्मी राजेन्द्र लिङ्देनविरुद्ध आक्रमक रुपमा प्रस्तुत भएका छन्।

‌मकवानपुरको पदमपोखरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै थापाले झापामा एमालेको सहयोगको निम्ति याचना गर्ने लिङ्देनले मकवानपुरमा आएर नेकपा (एमाले) विरुद्ध विषवमन गरेको आरोप लगाएका छन्। 

थापाले विगतमा आफूले केपी ओलीसँग अनुनय विनय गरेर राजेन्द्र लिङ्देनलाई जिताएको तर, उनै ओलीविरुद्ध संसदमा दुईपटक अविश्वास प्रस्ताव पेश हुँदा दुवै पटक अनुपस्थित भएर धोका दिएको दावी उनले गरेका छन्। 

लिङदेन विश्वासघाती र अवसरवादी रहेको आरोप लगाएका छन्। थापाले राप्रपाका उमेदवार दिपक सिंह देशीविदेशी शक्तिहरुको हतियारको रुपमा प्रयोग भएको समेत उल्लेख गरेका छन्।

 थापाले 'मेरो राजनीतिक जीवन समाप्त पार्न चाहने तत्वले आफ्नो भाई सरहको व्यक्तिलाई उचालेर खाल्डे उमेदवार बनाएको' आरोप समेत लगाएका छन्।

वर्तमान अवस्थामा गठबन्धनको अस्थिर सरकार भन्दा केपी ओली नेतृत्वको सरकार देशको निम्ति उपयुक्त रहेको राप्रपा नेपालका अध्यक्ष थापाले उल्लेख गरेका छन्।

भारतले नाकाबन्दी गर्दा त्यसको विरोधमा बोल्न डराउने नेताभन्दा त्यसविरुद्ध डटेर लडने, विदेशीले कब्जा गरेको लिम्पियाधुरा बिर्सने नेताभन्दा चुच्चे नक्सा बनाउने ओली र विदेशीको प्रेरणामा बनेको गठबन्धनभन्दा ओली नेतृत्वको सरकार मुलुकको बैहत्तर हितमा हुने थापाले उल्लेख गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad