ad ad

राजनीति


रोबोटले माग्यो प्रदीप पौडेललाई भोट

रोबोटले माग्यो प्रदीप पौडेललाई भोट

नेपालखबर
कात्तिक ३०, २०७९ बुधबार २१:३६, काठमाडौँ

काठमाडाैं-५ का प्रतिनिधि सभाका उम्मेदवार प्रदीप पौडेलका लागि रोबोटले घरदैलो गरेको छ। 

स्वतस्फूर्त रुपमा युवा इन्जिनियरहरुले बनाएको रोबोटले काठमाडाैं ५ का महाराजगंज, वसुन्धरा, हाडीगाउँ लगायतका क्षेत्रमा बुधबार घरदैलो गर्दै का‌ंग्रेसका युवा नेता पौडेलसहित प्रदेश सांसदका उम्मेदवारहरुका लागि भोट मागेको हो। 

घरदैलोका क्रममा रोबोटले ‘नमस्कार सन्चै हुनुहुन्छ, म नेपाली रोबोट,  यसपालीको काठमाण्डौं को ५ भोट, प्रदीप पौडेललाई’ भन्दै भोट मागेकी थिइन्। 

प्रदीप पौडेल जस्ता युवा नेताको संसदमा उपस्थिति भएमा प्रविधिको विकास सहज हुने र प्रविधिमैत्री नीतिगत व्यवस्था हुने विश्वासका साथ राबोटको घरदैलो गरिएको सहभागी एक इन्जिनियर बताए।

प्रविधिमैत्री नेता पौडेलको रोबोटले घरदैलो गरे पश्चात मतदातामाझ थप चर्चामा आएका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .