ad ad

कारोबार


आरएमसी फुड्सद्वारा ‘न्यूट्रिप्लस ब्राण्ड अन्तर्गतको खाद्यान्न तेल सार्वजनिक

आरएमसी फुड्सद्वारा ‘न्यूट्रिप्लस ब्राण्ड अन्तर्गतको खाद्यान्न तेल सार्वजनिक

नेपालखबर
कात्तिक ३०, २०७९ बुधबार २१:४९, काठमाडौँ

आरएमसी फुड्सद्वारा ‘न्यूट्रिप्लस’ ब्राण्डअन्तर्गत विभिन्न प्रकारका खाद्यान्न तेलहरू बजारमा उपलब्ध हुन थालेका छन्।

‘न्यूट्रिप्लस’ नामअन्तर्गत बजारमा पहिलो पटक आफ्ना खाद्यान्न तेलका उत्पादनहरू सार्वजनिक गर्ने क्रममा आरएमसी फुड्सले ‘न्यूट्रिप्लस’ सूर्यमूखी, सोयाबिन र पालमोलिन गरी तीन प्रकारका तेलहरू सार्वजनिक गरेको हो।

आफैंमा एक ख्यातिप्राप्त र स्थापित संस्थाका रूपमा परिचित आरएमसी ग्रुपले विगत ३० वर्षदेखि निर्माण सामाग्रीहरूको उत्पादन तथा आपूर्ती गर्दै आइरहेको छ। 

‘हामी भविष्यका निर्माता हौँ र हरेक जनमानसको सहज जीवनका सर्जक पनि हौँ’ भन्ने मूल मन्त्रसहित देशको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका निभाउँदै आएको आरएमसी ग्रुपले सरोकारवाला र सेवाग्राहीहरूबाट अटुट लगाव र विश्वास प्राप्त गर्दै आइरहेको कम्पनीले जनाएको छ। यहि भरोसाको पुँजीले नै संस्थालाई खाद्यान्न क्षेत्रमा पनि गुणस्तरीय उत्पादनहरूको आपूर्ती गर्नुपर्छ भन्ने आत्मविश्वास पलाएको र आरएमसी फुड्स सञ्चालनमा ल्याउन प्रेरणा मिलेको कम्पनीको दाबी छ।

कम्पनीले आफ्ना खाद्यान्न उत्पादनहरूको ब्राण्ड एम्बेसेडरका रूपमा प्रख्यात टेलिभिजन कार्यक्रम बीबीसी मास्टर सेफका फाइनालिस्ट सेफ सन्तोष साहलाई अनुबन्ध गरेको छ।

आफ्ना उत्पादनहरूका बारेमा कम्पनीका कार्यकारी निर्देशक राजेश कुमार अग्रवालले भने, ‘गुणस्तरीय खाद्यान्न उत्पादनहरू आपूर्ति गरी ग्राहकहरूको मन जित्ने हाम्रो मूल उद्देश्य रहेको छ। यस कार्यमा यहाँहरूको साथ, सहयोग र सहकार्य यसैगरी मिल्दै गयो भने शीघ्र नै न्यूट्रिप्लस प्रत्येक घरघरमा र सबैको मनमनमा बस्न सफल हुनेछ भन्ने विश्वास हामीले लिएका छौँ।’

आगामी दिनहरूमा न्यूट्रिप्लसलाई अझ बृहत्तर आकार दिन र बजारको मागलाई पूरा गर्नका निम्ति थप उत्पादनहरू ल्याउँदै जाने पनि कम्पनीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .