राजनीति


भगवती चौधरीको क्षेत्रमा देखिएको उपस्थितिले उत्साहित ओली (तस्बिर)

भगवती चौधरीको क्षेत्रमा देखिएको उपस्थितिले उत्साहित ओली (तस्बिर)

सरोज बैजु
कात्तिक ३०, २०७९ बुधबार १५:४१, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबार सुनसरी क्षेत्र नं ३ स्थित दुहबीमा आयोजित आमसभालाई सम्बोधन गरेका छन्। 

सुनसरी–३ भगवती चौधरीको निर्वाचन क्षेत्र हो, जहाँ नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार मुख्य प्रतिस्पर्धामा छन्। 

विजयकुमार गच्छदार उनै नेता हुन्, जो २०४८ सालयता संसदीय निर्वाचनमा अपराजित छन्। पछिल्लो समय बालुवाटार जग्गा प्रकरणमा मुछिएपछि उनी विवादमा तानिएका थिए। 

ओलीले सम्बोधनका क्रममा गच्छदारमाथि व्यंग्य गर्न छोडेनन्। ‘सुनसरी ३ मा एउटा कर्मठ महिलालाई जिताउने कि लुकेर हिँड्नेलाई?’ ओलीले मतदातासामु भने।

अघिल्लो निर्वाचनमा भगवती उनै गच्छदारसँग पराजित भएकी थिइन्। आजको आमसभाको उपस्थितीले भने भगवती मात्रै होइन, ओली पनि उत्साहित देखिएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad