राजनीति


जनघात रोक्न चुनाव बहिष्कार : प्रकाण्ड

जनघात रोक्न चुनाव बहिष्कार : प्रकाण्ड

नेपालखबर
कात्तिक २९, २०७९ मंगलबार १९:५१, पोखरा

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले अहिलेका नेताहरुबाट भएको जनघात रोक्न निर्वाचनको शान्तिपूर्ण बहिष्कारको घोषणा गरिएको जिकिर गरेका छन्।

उनले चुनाव बहिष्कार नगरे अहिलेका नेताहरुलाई पुनः लुट्न पठाएजस्तो हुने दाबी पनि गरे। नेत्रविक्रम चन्द नेतृत्वको माओवादीले यो निर्वाचन बहिष्कार गरेको छ।

निर्वाचन बहिष्कारबारे जानकारी दिन मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा राज्यप्रदत्त प्रहरी सुरक्षासहित उपस्थित उनले भने, ‘अहिलेका नेताहरुले विदेशीको सेवा गरेका छन्। उनीहरु नै चुनिए भने यो ५ वर्ष डबल जनघात गर्छन्, चुनावले आउँदो ५ वर्ष क्राइम गरेकालाई सेफसाइडमा राख्ने र नयाँ क्राइम जन्माउने भएकाले रिजेक्ट गर्नुपर्ने भयो।’ 

पटक–पटक फुटको श्रृंखला ब्यहोरे पनि उनले माओवादी जनयुद्धको भावना समेट्ने पार्टी आफ्नै भएको जिकिर छाडेनन्।

प्रचण्ड र डा. बाबुराम भट्टराईको सहकार्य भएको प्रसंग जोड्दै मुख्य धारबारे नेपालखबरले सोधेको प्रश्नमा उनले भने, ‘प्रचण्डजीको घर त संसद हो, क्रान्तिको धार र घर त हाम्रो माओवादी हो।’

उनले नेपाल युक्रेन बन्ने दिशामा अगाडि बढेको जिकिर गर्दै युक्रेनी राष्ट्रपतिले गलत गरिरहेको जिकिर पनि गर्न भ्याए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad