ad ad

खेल


प्रिजेन र राकेशको उपचारका लागि एन्फाद्वारा सहयोग

प्रिजेन र राकेशको उपचारका लागि एन्फाद्वारा सहयोग

नेपालखबर
कात्तिक २९, २०७९ मंगलबार २०:११, काठमाडौँ

अखिल नेपाल फुटबल संघ (एन्फा) ले ब्लड क्यान्सर पीडित राष्ट्रिय फुटबल खेलाडी प्रिजेन तामाङको उपचारको लागि ३ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। 

एन्फाको मंगलबार बसेको बैठकले प्रिजेनको उपचारमा सहयोग गर्ने निर्णय गरेको हो। दशरथ रंगशालामा बसेको बैठकले प्रिजेनसँगै यू–२० का खेलाडी राकेश विश्वकर्माको उपचारमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने निर्णय गरेको छ। 

यस्तै ए डिभिजन क्लबले विभिन्न स्कुलसँग सम्झौता गरि सञ्चालन गरेको एकेडेमीलाई विगतको सम्झौता अनुसार वार्षिक १०–१० लाख रुपैयाँ उपलब्ध गराउने र धरान र बुटवलमा सञ्चालित एकेडेमीलाई चैत्रसम्मको भुक्तानी दिने सनर्णय पनि गरेको छ। 

यस्तै फिफा विश्वकप अन्तर्गत २९० वटा टिकट एन्फा कार्यसमिति, सदस्य संस्था, स्पोन्सर र शुभचिन्तकलाई बिक्री गर्ने निर्णय पनि गरेको छ। 

मार्चमा हुने फिफा कंग्रेसका लागि प्रतिनिधि चयन गर्ने जिम्मा अध्यक्षलाई सुम्पेको छ। 

रविन्द्र चन्दको संयोजकत्वमा कार्यसमितिको सुझाव समेटेर मार्केटिङ, ब्रोडकास्टिङ, डिजिटल राईट्स सम्बन्धमा टेन्डर प्रक्रियामा जाने निर्णय पनि बैठकले गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .