राजनीति


देउवाले भने : संसद पूर्ण कार्यकाल चल्छ, ओलीले जस्तो विघटन गर्दैनौँ

देउवाले भने : संसद पूर्ण कार्यकाल चल्छ, ओलीले जस्तो विघटन गर्दैनौँ

नेपालखबर
कात्तिक २९, २०७९ मंगलबार १५:३४, काठमाडौँ

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदमा नदिएको अधिकार प्रयोग गरेर दुई पटक संसद विघटन गरेको आरोप लगाएका छन्।

मंगलबार पाँचदलीय गठबन्धनले सुर्खेतको मेहेलकुनामा आयोजना गरेको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले संसदमा संविधानको रक्षा र गणतन्त्रको संस्थागत हितका लागि गठबन्धनले जित्न आवश्यक रहेको बताए।

‘ओलीले संसदलाई अंगभंग गर्न खोजे’ उनले भने, ‘जनतालाई हामी के विश्वास दिलाउन चाहन्छौं भने हामीले कुनै पनि हालतमा संसद भंग गर्दैनौं। संसदलाई पूर्ण कार्यकाल राख्छौं।’ 

छोटो समय बोलेका देउवाले गठबन्धन निर्माणमा महत्वपूर्ण भूमिका खेलेका पूणर्बहादुर खड्का र गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन आग्रह गरे।

साथै देउवाले गठबन्धन १० देखि १५ वर्षसम्म कायम रहने बताएका छन्। उनले त्यसका लागि कसैले शंका नगरेर गठबन्धनलाई विजयी गराउन आग्रह पनि गरे। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad