राजनीति


नवलपरासी पुगेर देउवा र प्रचण्डले भने : विनोद चौधरीलाई जिताउनुहोस्, विकास हामी पठाउँछौँ

नवलपरासी पुगेर देउवा र प्रचण्डले भने : विनोद चौधरीलाई जिताउनुहोस्, विकास हामी पठाउँछौँ

नेपालखबर
कात्तिक २९, २०७९ मंगलबार १५:४८, नवलपरासी

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले नवलपरासीको समग्र विकासका लागि विनोद चौधरीलाई विजय गराउन आग्रह गरेका छन्। 

नवलपरासी विकासमा धेरै पछि परेको र यो जिल्लाको विकासका लागि विनोद चौधरीलाई यहाँ पठाइएको देउवाले बताए। 

पश्चिम नवलपरासीको क्षेत्र नम्बर १ मा आयोजित लोकतान्त्रिक बाम गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेकपा एमालेलाई जनताले दिएको अभिमत केपी ओलीले बीचमा नै घाँटी निमोठेको भन्दै अब लोकतान्त्रिक गठबन्धनलाई अत्याधिक बहुमतले विजय गराएर लोकतन्त्र र संविधानको रक्षा गर्न आग्रह गरे।

संसद विघटन नगर्ने र जनताले दिएको अभिमत पूर्णरुपमा पालना गर्ने पार्टीलाई विजय गराउन पनि उनले मतदातालाई आग्रह गरे।
चौधरीको जितले यस क्षेत्रको विकासको ढोका खुल्ने भन्दै  देउवाले नवलपरासी पश्चिमका मतदातालाई भने, ‘तपाइँहरू विनोद चौधरीलाइ जिताएर पठाउनुस्।, हामी उहाँमार्फत यस जिल्लामा विकास पठाउँछौँ।’

चुनावी सभामा बोल्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी मंसिर ४ गतेको चुनाव पाण्डव र कौरवबीचको महाभारत युद्ध जस्तै भएकाले पाण्डवहरुको पक्षमा मतदान गर्न आग्रह गरे।

‘मंसिर ४ मा जनताले कौरव र पाण्डव मध्ये एक रोज्नुपर्ने अवस्था छ। जनताको अभिमतको अवमूल्यन गर्ने कौरवहरुको पराजय निश्चित छ’ उनले भने, ‘मतदाताले लोकतान्त्रिक वाम गठबन्धनको पाँच पाण्डवहरुका उम्मेदवारलाई विजय गराउने छन्।’

कार्यक्रममा बोल्दै प्रचण्डले विनोद चौधरीको विजय यो क्षेत्रको विकासको कोषेढुङ्गा सावित हुने बताए। 

‘चौधरीको उम्मेदवारी तपाईं आम मतदाताको सुनिश्चित भविष्य हो। विजय गराउनुहोस् अरु हामीले गर्छौं’ उनले भने।

कार्यक्रममा काग्रेस केन्द्रीय सदस्य तथा क्षेत्र नम्बर १ का उम्मेदवार विनोद चौधरीले आफूले यस क्षेत्रका जनताले भोगेको मल, बीउ, डुबान तथा बेरोजगारीको समस्यालाई योजनाबद्धरुपमा समस्या समाधान गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए। २५ वर्षसम्म रोकिएको विकासलाई अब गति दिने उनले बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad